Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बेष्ट फाइनान्सले गर्यो चावहिल शाखा स्थानान्तरण

२०७८ पुष १९ गते


बैंकिङ खबर/बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चावहिलमा रहेको आप्mनो शाखा कार्यालय स्थानान्तरण गरेको छ । फाइनान्सले पुस १८ गते आइतबार काठमाडाैँ महानगरपालिका वडा न.७, हस्पिटल मार्गमा रहेको चावहिल शाखा कार्यालय चावहिल चोकस्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेडका संचालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहकमहानुभावहरुको उपस्थिति रहेको बताइएको छ ।

कमलादी, काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्टफाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिँदै आएको छ । फाइनान्सले आप्mना ग्राहकलाई डिजीटल बैंकिङ सेवा लगायत अन्य आधुनिक बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको जनाइएको छ ।

Ad