२०७३ भाद्र २० गते

मेगा बैंकको नयाँ अभियान ‘आज बचाउँ जिन्दगीभर रमाउँ’

mega-newमेगा बैंकले ‘नानीमा लागेको बानीः आज बचाउँ, जिन्दगीभरी रमाउँ’ नामक नयाँ अभियान सुरु गर्ने भएको छ । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सोमबार यस्तो कार्यक्र घोषणा गरेका हुन् । बैंकले क्रिकेट खेलाडी पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ घोषणा गरेको छ । क्रिक्रेटर खड्का र नायिका कार्की देशभरका विभिन्न कलेजहरुमा बैंक खाताका लागि विद्यार्थीमाझ पुग्ने छन् । यो अभियानले देशभरका स्कूल र कलेजका विद्यार्थीलाई बैंकिङ बानीको विकास गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने गरी यो अभियान थालीएको उनले बताए ।  ‘वित्तीय समावेशिताको लागि यो कार्यक्रम अघि सारीएको बताइएको छ । सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहन्छ ।’ शाहले भने ‘अन्य मुलुकको तुलनामा नेपालको बचत दर अत्यन्त न्यून रहेको तथ्यलाई ध्यानमा राख्दै बचत संस्कृतिको विकास गर्न हामीले यो अभियान सुरु गरेका हौँ ।’