Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

नयाँ नोट कहिले पाइएला भन्ने सोच्दैहुनुहुन्छ ?  असोज दोश्रो सातासम्म पर्खनुुस् 

admin २०७३ भाद्र १९ गते
सेयर:

new noteदशैँ नजिकिँदे गर्दा नयाँ नोट कहिले साट्न पाइएला भन्ने जिज्ञासामा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईको लागि उत्तर आइसकेको छ । तपाईले अबको एक महिनाभित्रै नयाँ नोट पाउनुहुनेछ । अर्थात असोज पहिलो साताबाटै तपाईको हातमा नयाँ नोट पर्ने गरी राष्ट्र बैंकले प्रक्रिया थाल्दैछ ।
सर्वसाधरणलाई पैसा साट्न वा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले असोज ९ देखि १४ गतेसम्म नयाँ नोट पाउनेछन् । नोट पाएकै भोलिपल्टदेखि वित्तीय संस्थाले सर्वसाधरणलाई नयाँ नोट उपलब्ध गराउनेछन् । 

अघिल्लो वर्ष केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पर्याप्त नोट उपलब्ध नगराउँदै सर्वसाधरणले लामो लाइनमा बसेर नोट लिएका थिए । तर यो पटक लाइन लागेर बस्नुनपर्ने गरी बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराईने राष्ट्र बैंकले जनाएको छ । गत बर्ष एक जनालाई २२ हजार रुपैयाँ सटही सुविधा दिइएकोमा यो पटक एक जनाबराबर ३७ हजार रुपैयाँ बराबरको नोट उपलब्ध गराइने भएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।