Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एसबीआई बैंकले बोलायो साधारणसभा, लाभांश वितरण प्रस्ताव पारित हुने

२०७८ मंसिर २८ गते

बैंकिङ खबर।

नेपाल एसबीआई बैंकले २० पुसमा २८ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले लाभांश प्रस्ताव पारित गर्न र मर्जएक्विजसन गर्न सभा आह्वान गरेको हो।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ।

प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफानोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जएक्विजसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ७ पुसदेखि २० पुससम्म बुक क्लोज गर्दैछ। यसर्थ, ६ पुससम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

Ad