२०७३ भाद्र १९ गते

३३ प्रतिशत लाभांश दिँदै नेपाल बंगलादेश बैंक 

nbbank-300x165नेपाल बंगलादेश बैंकले आफ्ना लगानीकर्तालाई ३३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानी कर्तालाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलब ६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले लाभांश दिनेछ । गत आर्थिक वर्षमा एक अर्ब बढी नाफा कमाएको थियो । २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १९ करोड नाफा कमाएको थियो ।