Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनआईसी एशिया लघुवित्तका २ शाखाद्वारा छुट्टाछुट्टै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७८ मंसिर ४ गते

बैंकिङ खबर।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले उदयपुर जिल्लाको त्रियोगा नगरपालिका ६ जलजले र सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ र्सिथौलीमा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

एनआईसी एशिया लघुवित्त लि. केन्द्रीय कार्यालयको कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ अफिसर बिकल काफ्ले, बनेपा उप–प्रदेश प्रमुख यविन्द्र ढकाल, गाईघाट शाखा प्रबन्धक राजकुमार चौधरी, दुधौली शाखा प्रबन्धक अमिना कुमारी मन्डल लगायतको उपस्थितिमा भएको छुटाछुटै कार्यक्रममा कारिब १५० जना सेवाग्राही सदस्यहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताका कथा, कर्जा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु, वीमा, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा लगाएतका विषयमा भिडियो तथा दुश्य सामाग्री प्रस्तुत गरिएको थियो।

“मैले कार्यक्रममा पैसा र बचतको बारेमा नसोचेको धैरै ज्ञान पाए। मलाई संस्थाको फरक सेवा सुविधाले पनि एकदमै आकर्षित गरेको छ”, कार्यक्रममा सहभागी श्यामकुमारी थामीले आफ्नो अनुभव साटिन्।

कार्यक्रमको समापन बोल्दै बनेपा उप–प्रदेश प्रमुख यविन्द्र ढकालले सम्पूर्ण सहभागीहरुलाई यस्ता खालका अन्य विभिन्न कार्यक्रमहरु भविष्यमा गर्दै जाने जानकारी गर्दै आफूले लिएको कर्जा अरुलाई चलाउन नदिन, मिटर व्याज, ढिकुटी लगायतका गैरकानुनी काम नगर्न, बचत गर्ने बानीको विकास गर्न जस्ता कुराहरु राख्दै नेपाल राष्ट्र बैंक तथा अन्य नियमन निकायबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाहरुबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेका थिए।