Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बजार चलायमान ! लगानीयोग्य पुँजीको अभाव : व्याजदरमा थप बृद्धि हुने

२०७८ भाद्र १८ गते

बैंकिङ खबर । लामो समयको कोरोना प्रभावबाट बन्द जस्तै भएको बजार पूर्ण रुपमा संचालनमा आएको छ । यससँगै बैंकबाट कर्जाको माग थप बढ्ने देखिन्छ । पछिल्लो समय बैंकवित्तमा प्रयाप्त रकम छैन । यसले तरलताको अभाव देखाएको छ ।

 दशैं नजिकिँदै गर्दा बैंकिङ प्रणालीमा तरलता अभाव बढेको छ । यो अभावलाई पूर्ति गर्न बैंकहरुले हालै मात्रै १७ अर्ब ९५ करोड रुपैयाँ राष्ट्र बैंकसँग सापट्टी लिएका छन् । यो रकम ७ दिने व्याजमा चलाइने रकम हो । यसको ब्याजदर बैंकहरुले दर ५ प्रतिशतले तिर्नुपर्छ । अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नका लागि वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग यस्तो रकम निकाल्न पाउँछन् । केही बैंकहरुले सोही अनुसार यो रकम लिएका हुन् । बैंकहरुले ऋणपत्र खरीदका लागि रकम लगानी गरेका छन् । उक्त रकम फिर्ता नभएका कारण राष्ट्र बैंकबाट सापटी रकम लिएर तरलता ब्यवस्थापन गर्न मिल्छ । विगतका बर्षहरुमा दशैंपछि तरलता अभाव बढ्ने गर्दथ्यो । तर अहिले भने कोभिडका कारण अधिकाँस मानिसहरुले आफ्नो दैनिकी चलाउनका लागि समेत कर्जा उपभोग गर्नुपरेको अबस्था छ ।

कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद मौज्दात हो भने इन्भेण्ट्री, प्राप्त हुनुपर्ने नगदलगायत चालू सम्पत्तिलाई नगदमा परिणत गरेर पनि नगद प्राप्त गर्न सक्छन् ।

व्याजदर बढ्यो, अझै बढ्ने संकेत

बैंकहरुले यही निक्षेपमा ब्याजदर हेरफेर गरेका छन् । नयाँ ब्याजदरअनुसार अधिकत मुद्दतिमा सबैभन्दा धेरै सिभिल बैंकले ब्याजदर बढाएको छ । उसको व्यक्तिगत अधिकतम मुद्दतिमा ८.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । सार्वजनिक ब्याजदरअनुसार धेरैजसो वाणिज्य बैंकहरुले बचतको ब्याजदर बढाएका छन् । बैंकहरुले सार्वजनिक गरेको विज्ञप्ति र सूचनाको आधारमा निक्षेपको नयाँ ब्याजदर यसप्रकार छः

-राष्ट्रिय वाणिज्य बैंक लि.

राष्ट्रिय वाणिज्य बैंकले बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ देखि ७.२५ प्रतिशतसम्म र संस्थागत मुद्दतिमा ५ देखि ६.५० प्रतिशतसम्म नयाँ ब्याजदर कायम गरेको छ ।

-नबिल बैंक लि.

नबिल बैंकले साधारण बचतमा खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म नयाँ ब्याजदर निर्धारण गरेको छ भने व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१ प्रतिशत ब्याज दिने नविल बैंकले घोषणा गरेको छ । ३ महिनाका लागि भने मुद्दतिमा ५.५१५ सम्मको निर्धारण गरेको छ ।

-एनआइसी एसिया बैंक लि.

एनआइसी एसिया बैंकले सार्वजनिक गरेको छ नयाँ ब्याजदरअनुसार साधारण बचतको ब्याजदर २.५६ प्रतिशत कायम गरेको छ भने बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६ प्रतिशतसम्म निक्षेपकर्ताले ब्याज पाउनेछन् ।

-सेञ्चुरी कमर्सियल बैंक लि.

सेञ्चुरी कमर्सियल बैंकले साधारण बचतमा न्यूनतम ब्याज २.५०प्रतिशतदेखि अधिकतम ३५ कायम गरेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशतसम्म कायम गरेको छ । यो ब्याजदर एक वर्षभन्दा माथिको निक्षेपकर्ताका लागि हो ।

-नेपाल एसबीआई बैंक लि.

नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५ प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ७.५५ सम्मको ब्याजदर निर्धारण गरेको छ ।

-एनएमबि बैंक लि.

एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचतको न्यूनतम ब्याजदर २.५० देखि अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दति निक्षेपको न्यूनतम ६.५० प्रतिशत देखि अधिकतम ब्याज ७.५० प्रतिशतसम्मको नयाँ ब्याजदर निर्धारण गरेको छ ।

-नेपाल बैंक लि.

नेपाल बैंकले बचतको न्यूनतम ब्याजदर ३.०५ देखि अधिकतम ४।५५५ सम्म ब्याजदर रहेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५ प्रतिशतसम्म कायम गरेको छ ।

-एभरेष्ट बैंक लि.

एभरेष्ट बैंकले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर कायम गरेको छ । यसमा साधारण बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म निक्षेपकर्तालाई दिनेछ । बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशत र न्यूनतम ६.५० प्रतिशतले तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.९९ प्रतिशत रहेको थियो । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।

-कृषि विकास बैंक लि.

कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७।५०५ तोकेको छ भने साधारण बचतको न्यूनतम ब्याज ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्मको ब्याजदर सर्वसाधारण निक्षेपकर्तालाई कायम गरेको छ ।

-माछापुच्छ्रे बैंक लि.

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म कायम गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५ प्रतिशतसम्म तोकेको छ ।

-सनराइज बैंक लि.

सनराइज बैंकले बचतमा न्यूनतम २.५७ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म र मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

-प्रभु बैंक लि.

प्रभु बैंकले बचत खातामा न्यूनतम ३.२५ देखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ७.७५ र अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

-कुमारी बैंक लि.

कुमारी बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशत देखि अधिकतम ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ भने यता, बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशत सम्म ब्याजदर तोकेको छ ।

-सिभिल बैंक लि.

सिभिल बैंकले मुद्दतिमा सबैभन्दा धेरै ब्याजदर कायम गरेको छ । उसले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ८.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने बचतमा न्यूनतम ४.०५ देखि अधिकतम ५.०५ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज दिने उल्लेख गरेको छ ।

-सिद्धार्थ बैंक लि.

सिद्धार्थ बैंकले बचतमा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिनेछ ।

-बैंक आफ काठमान्डू लि.

बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशतसमम कायम गरेको छ । यो ब्याजदर एक वर्षभन्दा माथिको निक्षेपमा हो ।

-प्राइम कमर्सियल बैंक लि.

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम साधारण ब्याजदर २.७६ देखि अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६ प्रतिशत र न्यूनतम ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

-सिटिजन्स बैंक लि.

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३ देखि अधिकतम ५ प्रतिशतसम्म राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ । यो ब्याजदर भने एकवर्ष भन्दा माथिको हकमा मात्र लागू हुनेछ ।

-एनसीसी बैंक लि.

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३.२६ प्रतिशत र अधिकतम ५ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.२६ प्रतिशत कायम गरेको छ भने न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ ।

-नेपाल बंगलादेश बैंक लि.

नेपाल बंगलादेश बैंकले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ जसमा बचतको न्यूनतम ब्याजदर २.५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत छ भने न्यूनतम ७.२५ प्रतिशत निर्धारण गरेको छ ।

-लक्ष्मी बैंक लि.

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ प्रतिशत छ भन अधिकतम ४.५ प्रतिशतसम्म नयाँ ब्याजदर कायम गरेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ प्रतिशत छ भने ६ महिनाभन्दा बढीको हकमा ७.५ प्रतिशतसम्म ब्याज दिनेछ ।