हिमालयन बैंक लिमिटेडले हाल सञ्चालन भइरहेको नाडा अटो सोलाई मध्यनजर गर्दै सवारी साधन कर्जामा विशेष छुट तथा सुविधा प्रदान गरेको छ । यस अटो सो अवधिभर बैंकले वार्षिक ६.५०% (व्यक्तिगत) र बार्षिक ९.००% (व्यावसायिक) ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो । साथै बैंकले कर्जा सेवा शुल्कमा समेत विशेष छुट दिई ०.२५% मात्र निर्धारण गरेको छ ।
ब्यक्तिगत सवारी साधनको लागि कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने बताइएको छ । कर्जा भुक्तानीको अवधि ८ वर्षको रहने समेत बैंकले जानकारी गराएको छ । त्यसैगरि व्यावसायिक प्रयोजनका सवारी साधनको लागि मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने र कर्जा भुक्तानीको अवधि ५ वर्षको रहनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक व्यक्तिहरुले नाडा अटोसोमा रहेको बैंकको काउन्टरमा आफ्नो नाम दर्ता गराई कर्जा प्रकृयामा सहभागी हुन सक्नेछन् ।