Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

 बुम रेमिट्बाट पठाएको पैसा अब पूर्णिका विकास बैंक र एभरेष्ट फाइनान्सले भुक्तानी गर्ने 

२०७३ भाद्र १३ गते

boomबुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम पूर्णिमा बिकास बैक र एभरेस्ट फाइनान्सले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने भएका छन् । काठमाडौँको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको बुम रेमिट्यान्स प्रा लिले पूर्णिमा बिकास बैक लि र एभरेस्ट फाइनान्स लि लाई सोमबार आफ्नो एजेन्टमा नियूक्त गरेको हो । सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र पूर्णिमा बिकास बैक को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले र एभरेस्ट फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिम बहादुर कार्कीले सम्झौता पत्रमा हस्तक्षर गरे । 

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, अमेरिकाबाट समेत कारोवार सुरु गर्ने छ । 


 

Ad