काष्ठमाण्डप डेभलपमेन्ट बैंकले ४ बरावर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले हाल कायम चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
५ करोड ९१ लाख रुपैया चुक्ता पुँजी रहेको काँक्रेविहार विकास बैंक, १२ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी भएको महाकाली विकास बैंक र ३० करोड रुपैयाँ चुक्ता पूँजी भएको पश्मिाञ्चल फाइनान्स लाई किन्ने सम्झौता गरिसकेको छ । यी कम्पनी एक्विजीशन पश्चात कम्पनीको पूँजी १ अर्ब ८० करोड रुपैयाँ हाराहारीमा पुग्नेछ । हकप्रद जारी गरेपछि बैंकको पूँजी २ अर्ब २५ करोड हाराहारी पुग्नेछ ।
गत आर्थिक बषृमा ३० करोड रुपैयाँ नाफा कमाएको बैंकले १९ वटा शाखा मार्फत काठमाडौ उपत्यका लगायत सगरमाथा अञ्चलको नाम्चेबजार सम्म आफ्नो सेवा प्रदान गरिरहेको छ ।



