
बैंकिङ खबङ/ मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट स्वीकृत गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको हाे।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार १६ खर्ब हाराहारी हुने अनुमान छ।
यस आर्थिक वर्षका लागि गत जेठमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए।