Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

वर्ल्डलिंकका संस्थापक बिजय जलानको कोरोना संक्रमणबाट निधन

२०७८ बैशाख ३० गते

बैंकिङ खबर/ वर्ल्डलिंक कम्युनिकेसन्सका संस्थापक रहेका बिजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ। हाल वर्ल्डलिंक कम्युनिकेसन्सका निर्देशकका रुपमा रहेका उनको कोरोना संक्रमणका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उनको विहीबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । आइसियूमा उपचार गराइरहेका उनी ४६ बर्षका थिए । जलानका श्रीमती र एक छोरा छन्।