
बैंकिङ खबर/नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको यो नाफा गत वर्षभन्दा २२.२१ प्रतिशतले घटेको हो। कम्पनीको बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको यो नाफा गत वर्षभन्दा २२.२१ प्रतिशतले घटेको हो।
गत वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा नेपाल टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी भने बढाउन सफल भएको छ । गत वर्ष सेवा व्यापारबाट २६ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले समीक्षा अवधिमा बढाएर २७ अर्ब ४५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।
टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने ५ अर्ब ४३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २२ करोड रुपैयाँमा सीमित बनेको छ।
समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ७.९६ प्रतिशतले बढेर ८२ अर्ब ९६ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६७.२५ रुपैयाँबाट घटेर समीक्षा अवधिमा ५२.३१ रुपैयाँमा झरेको छ। पीई रेसियो २५.२९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ६५३.१० रुपैयाँ रहेको छ।




