बैंकिङ खबर । निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र चुक्ता गर्न समस्या भएको भन्दै समय थपका लागि निजी क्षेत्रले सरकारसँग राखेको माग पूरा हुने भएको छ । सरकारले कर विवरण बुझाउने समय थप गर्ने भएको छ । यस बाहेक नीजि क्षेत्रलाई सहज हुनेगरी केही राहतको प्याकेज पनि ल्याउने तयारी भएको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालय हाल बजेटको अन्तिम तयारीमा जुटेको छ । नयाँ बजेट निर्माणसँगै केही राहात ल्याउने र कर विवरण बुझाउने म्याद थप गर्नेबारे छलफल भइरहेको जनाइएको छ । निषेधाज्ञाका कारण कर विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीका लागि समय थप गर्ने विषयमा छलफल भइरहेको छ । मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क र आय करको अग्रीम करकट्टी तथा कर सम्बन्धी अन्य व्यवस्थाका बारे पनि समय थप गरेर सहजीकरण गर्नेगरी छलफल भइरहेको अर्थ मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर तिर्ने समय थप गर्नुका साथै सामान्य भएपनि राहात ल्याउने तयारी भइरहेको छ । जेष्ठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने संबैधानीक व्यबस्था छ । सरकार परिवर्तन हुने नहुने बारे अन्यौलता बढीरहेका बेला अर्थ मन्त्रालय भने धमाधम बजेटको तयारमिा जुटेको छ । बर्तमान सरकार नरहेपनि यसपालीको बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै निर्देशन बमोजिम तयार हुने छ ।
