Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सको नाफामा १४५ प्रतिशतको बढोत्तरी

२०७३ श्रावण ३१ गते

sagarmathaनिर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १८ करोड ३८ लाख ५६ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ४५ प्रतिशत अर्थात् झन्डै ११ करोड रुपैयाँले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७ करोड ५० लाख ५३ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।

एक वर्षको अवधिमा कम्पनीले ५३ करोड ८२ लाख ४ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ भने ४९ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको खुद बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जनको रकम १ अर्ब ११ करोड ५२ लाख ३२ हजार रुपैंया छ ।

४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जगेडा कोषमा १४ करोड ३२ लाख २७ हजार रुपैंया राखेको छ भने जीवन बीमा कोषमा ३९ करोड रुपैयाँ राखेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४१ रुपैंया ६७ पैसा, प्रति शेयर नेटवर्थ २ सय २६ रुपैंया ७१ पैसा, तरलता अनुपात ३ दशमलब ५० र मुल्य आम्दानी अनुपात ५७ दशमलव ६२ रहेका छन् ।