Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकको हकप्रद भदौ ५ गते

२०७३ श्रावण १९ गते

centuryसेञ्चुरी कमर्सियल बैंकको ८५ लाखभन्दा बढी कित्ता हकप्रद शेयर भदौ ५ गतेबाट निष्काशन हुने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ८५ करोड २२ लाख ८५ लाख ४० हजार रुपैयाँ बराबरका २२ हजार ४ सय कित्ता हकप्रद जारी गर्न लागेको हो ।
 
बैंकले आफ्ना सेयर लगानीकर्तालाई १० सेयर बराबर तीन हकप्रद दिन लागेको हो । सर्वसाधारणमा ४६ प्रतिशत सेयर रहेको बैंकको हकप्रद जारीपछि पुँजी ८५ करोड २२ लाख रुपैयाँले बढ्ने छ ।
 
बैंकको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल छ । हकप्रद आवेदन सिभिल क्यापिटल र बैंकका शाखामा गएर दिन सकिने छ ।