बैंकिङ खबर । बैंकवित्तहरु धमाधम व्याजदर परिवर्तन गर्न लागि परेका छन् । यस अघि तोकिएको व्याजदरमा परिवर्तन हुने भएको छ । नेपाल राष्ट्र बैंकले कर्जामा व्याजदर कर्जा अवधिभर कायम हुनुपर्ने नीति ल्याएपछि बैंकहरु व्याजदर परिवर्तन गर्न बाध्य बनेका छन् । व्याजदरको अस्थीरता कायम भइरहँदा नेपाल राष्ट्र बैंकले हालै संसोधन गरेको एकिकृत निर्देशीकामा कर्जा प्रवाहमा कर्जा दिने बेला तोकिएको व्याजदर कर्जा अवधिभर कायम गर्नुपर्ने नीति ल्याएको थियो ।
नेपाल राष्ट्र बैंककले थप निर्देशन जारी गर्दै असोज मसान्त भित्रको समय खवधि तोकिदिएको छ । जसअनुसार बैंकवित्तहरुले असोज मसान्तसम्म गाडी, घर तथा किस्ताबन्दी बस्तेको कर्जाको स्थिर ब्याजदर तोकिसक्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्र्देशन दिँदै एकीकृत निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम पहिलो पटकका लागि असोज मसान्त भित्र गाडी र घर कर्जाको स्थीर ब्याजदर तोक्न भनेको हो । घर कर्जा, गाडी कर्जा वा अन्य किस्ताबन्दी सामानको आवधिक भुक्तानी अवधिभरी एउटै व्याजदर कायम हुनेगरी यस अघि राष्ट्र बैंकले एकिकृत निर्देशीका संसोधन गरेको थियो । सोही अनुसार असोज मसान्तभित्र बैंकवित्तले स्थायीत्व व्याजदर तोक्नुपर्ने छ ।
नेपाल राष्ट्र बैंकले इन्टरनेट तथा ई–कमर्श लगायतका कारोबार वापत अनलाईन वित्तीय सेवा विदेशमा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यो व्यबस्थाले अनलाइन मार्फत विदेशमा हुने कारोबारमा सहजिकरण हुने भएको छ भने अनलाइन भुक्तानीले बैद्यता पाउने क्रम सुरु भएको छ ।
उन्नति सहकार्य लघूवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरको लघुवित्तको मान्यता पाएको छ । २०७७/०५/ २८ गते नेपाल राष्ट बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग बाट “घ” वर्गको वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, मार्गदर्शन, नीति, परिपत्र एवंम उन्नति सहकार्य लघूवित्त वित्तीय संस्था लिमिटेडको प्रवन्धपत्र, नियमावली, विनियमावलीहरु र अन्य प्रचलित कानूनको अधिनमा रहनेगरि कार्यक्षेत्र राष्ट्रिय स्तरमा स्वीकृति प्रदान गरिएको छ ।
सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको सिक्का छाप्न अनुमति दिएको छ। मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार ती सिक्कामा नेपालको नयाँ नक्सा राख्नुपर्ने छ । नेपाल राष्ट्र बैंकले एक रुपैयाँ र दुई रुपैयाँका सिक्का प्रकाशनमा नयाँ नेपालको नक्सा राख्नेगरी प्रकाशन गर्न अनुमति मागेको थियो ।
बीमा समितिले कोरोना बीमा मापदण्डमा संशोधन गरेको छ । जस अनुसार निजी प्रयोगशालामा कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई पनि भुक्तानी दिइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नुपर्ने छ’ संशोधित मापदण्डमा भनिएको छ । प्रयोगशालामा काम गर्ने कर्मचारीले भने आफू कार्यरतबाहेकका प्रयोगशालामा परीक्षण गर्नुपर्ने छ । तथापी भुक्तानी प्रकृयामा भने कोरोना संक्रमण भएमा अस्पतालको विल भूक्तानी र रु २५ हजार नगद भुक्तानीको व्यबस्था गरिएको छ ।
सेयर बजारले इतिहास कायम गरेको छ । जसको आकार कुल बजार पुँजीकरण करिव २१ खर्ब रुपैयाँ पुगेको छ भने अन्तिम दिन नेप्से ३१ अंकले बढेको छ । यो वृद्धिसँगै समग्र नेप्से परिसूचक १ हजार ५ सय ७२.१८ बिन्दुमा उक्लेको छ भने कुल बजार पुँजीकरण २० खर्ब ९० अर्ब २० करोड रुपैयाँ बराबर भएको छ ।
सहकारी संस्थाहरूले साधारणभामा वैकल्पिक व्यवस्था अपनाउने भएका छन् । कोभिड–१९ को महामारीका कारण सहकारी विभागले वैकल्पिक रूपमा साधारणसभा गर्ने विधिबारे विभागले विभिन्न संघसंस्थासँग छलफल गरेको छ । भर्चुअल माध्यमबाट गर्ने वा अन्य वैकल्पिक विधिबाट गर्ने भन्नेबारे नमुना कार्यविधि समेत निर्माण गरिएको छ । यो विषय छलफलकै क्रममा छ ।




