Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

महिला सहयात्रा लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

२०७७ भाद्र १३ गते

बैंकिङ खबर । केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्तको सातौँ वार्षिक साधारण सभागत २०७६ चैत्र २२ गते हुने भनिएकोमा कोभिड १९ को कारण स्थगन भई आज २०७७ भाद्र १३ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृत चरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरेको यस सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भएबमोजिमको चुक्तापुँजी १२,१०,००,०००।– को ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पु्याउने बिशेष प्रस्ताव समेत पारित गरेको छ । संस्थाको बोनस पश्चात चुक्तापुँजी १३ कारोड ३१ लख हुने छ ।
राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालयहरु मार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघु वित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारकालागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै आएको छ । संस्थाले २०७७ असार सम्म ३३ करोड ४१ लख निक्षेप परिचालन गर्नुका साथै १ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ ।

Ad