Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको नाफा १ अर्बमाथि

२०७३ श्रावण १० गते

sanima-bankगत आर्थिक वर्षमा सानिमा बैंकले झन्डै १ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गैरआवासीय नेपालीहरुको मुख्य लगानी रहेको बैंकले खुद नाफामा ६७ प्रतिशतले बढोत्तरी गरेको हो । सानिमाले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा जम्मा ६२ करोड ४१ लाख खुद नाफा कमाएकोमा गत आर्थिक बर्ष भरिमा एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ कमाएको छ । 

सानिमाले गत वर्षभरिमा निष्कृय कर्जा ०.०२ प्रतिशतमा झारेको छ, जुन सबै वाणिज्य बैंकहरुको तुलनामा कम हो । जोखिम कोषमा भने बैंकले अघिल्लो बर्ष भन्दा बढी रकम राखेको छ । ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गरेको बैंकले निक्षेप संकलन भन्दा कर्जा विस्तारको दरलाई बढाएको छ । कम्पनीको प्रति शेयर मूल्य र प्रति शेयर आम्दानीको आधारमा मूल्य आम्दानी अनुपात २१.६५ गुणा रहेको छ । बैंकको प्रति शेयर नेटवर्थ १४६ र पूँजी कोष १२.६५ प्रतिशत रहेको छ ।