‘प्रभु बैंक’ले काठमाडौंको धापासीमा शाखा विस्तार गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विस्तारीत नयाँ शाखाको उद्घाटन गरेका हुन् । बैंकले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर गरेपछि दोहोरीन गएका शाखाहरुलाई ग्राहकको आबश्यकता अनुसार स्थानान्तरण गर्दै लगेको छ । जस अनुसार गंगवुमा दोहोरिएको शाखालाई धापासीमा स्थानान्तरण गरिएको प्रभु बैंकले जनाएको छ । राष्ट्रिय स्तरका ३ वटा बैंक र अन्य ६ वटा वित्तिय संस्थाहरु गरी ९ वटा वित्तिय संस्थाहरुको मर्जरपछि हाल प्रभु बैंकको नामबाट संयुक्त कारोबार भइरहेको छ ।
धापासी शाखाको उद्घाटन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले नीजि स्तरका बैंकहरु मध्ये सबैभन्दा धेरै शाखा र एटीएम संचालन गरी लक्षित बर्गमा पहुँच विस्तार गर्न सफल भएकोमा प्रभु बैंकलाई बधाई दिए । उनले बैंकहरु ग्रामिण तहसम्म विस्तारीत हुनुपर्ने बताउँदै काठमाडौंमै विपन्न बर्गहरु भएकाले विपन्न बर्गमाथि लगानी गर्न बैंकहरुलाई आग्रह गरे ।
सो अबसरमा प्रभु बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनले लामो समयको ‘होमवर्क’बाट मात्रै प्रभु बैंक स्थापीत भएको बताउँदै ग्राहकको माग र आबश्यकता अनुसार बैंकले हरेक योजनाहरु अघि सार्दै लैजाने उल्लेख गरे । शाखा विस्तार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंक ग्रामिण तहसम्म फैलीने क्रम जारी रहेको बताए । धापासी शाखाको माध्यमबाट त्यस क्षेत्रका ग्रामिण तहले बैंकिङ पहुँच बढाउनेमा उनले आशा व्यक्त गरे । उद्घाटन कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु तथा स्थानीयहरुको पनि उपस्थिति थियो ।


