Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राधि विद्युत् कम्पनीको १० करोडको आईपीओ आउँदै

२०७३ श्रावण ३ गते

ipoराधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीय प्रभावीत बासिन्दाका लागि ४ लाख १० हजार कित्ता र सर्वसाधारणका लागि ६ लाख १५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औसत रहेको संकेत गर्दछ । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्नका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीसँग बैंकहरु मार्फत प्रवाह भएको सहवित्तीय कर्जा अन्र्तगत ४२ करोड २० लाख ऋण रहेको छ ।