Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मिथिला लघुवित्तको ५० प्रतिशत हकप्रद साउन १९ गते

२०७३ श्रावण २ गते

mithilaमिथिला लघुवित्त विकास बैंकले २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । १ सय रुपैयाँ अंकित मूल्य भएको यो हकप्रद शेयर आगामी साउन १९ गतेदेखि  निष्काशन हुँदैछ । बैंकको हकप्रदमा साउन ६ गते सम्म शेयर स्वामित्व हुने लागानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । बिक्रि प्रवन्धक सिभिल क्यापिटल, कमलादी र बैंककै शाखा कार्यालयहरुबाट शेयरको लागि आवेदन दिन सकिने छ । हाल बैंकको चुक्ता पूँजी ३ करोड ३९ लाख रहेकोमा यो हकप्रद जारी गरेपछि यो रकम ५ करोड ९ लाख पुग्ने छ ।