बैंकिङ खबर । कोरोना भाइरसको विनाशबाट पीडित बेलायतकी रानी एलिजाबेदले देशलाई सम्बोधन गरकी छिन् । महारानीले देशवासीहरुलाई यस महामारीको बिरूद्धको युद्धमा सफल हुनेमा आश्वासन दिलाएकी छिन् । ६७ बर्षको शासनमा पाँचौ पटक उनले आफ्नो भाषणमा देशवासीहरूलाई धन्यवाद दिदै खतराको बीचमा राष्ट्रलाई सम्बोधन गर्दै स्व९अनुशासन र दृढ संकल्पले भाइरसबाट जितिने र देश राम्रो दिनमा फर्किने बताइन् । चार मिनेटको भाषणको सम्बोधनमा, रानीले एकजुट भएर दृढ रहेमा यो विपत्तिबाट बच्न सकिने उल्लेख गरेकी छिन् । रानीको यो दुर्लभ भाषण प्रत्यक्ष प्रसारण गरिएको थियो । केवल एउटा क्यामेराम्यानलाई मात्र महारानीको भाषण रेकर्ड गर्न अनुमति दिइएको थियो ।
बेलायतमा दोहोरो मार बेलायतमा कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीले गरीबी बढाउँदैछ । विज्ञहरूका अनुसार बेलायतमा विश्वव्यापी आर्थिक संकटको बाबजुद बेलायत सरकारले आर्थिक कटौतीलाई अनुसरण गरेको छ, यसको बाबजुद पनि अहिले अवस्था समस्याग्रस्त हुँदै गएको छ । आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा १ करोड ४० लाख नागरीकहरू गरिबीमा बाँचिरहेका छन् । यो संख्या बेलायतको कुल जनसंख्याको एक चौथाई हो ।
अन्तर्राष्ट्रिय बैंकिङ
बेलायतको अवस्था पनि संकटतिर, रानी एलिजाबेदद्धारा देशवासीलाई सम्बोधन
२०७६ चैत्र २५ गते