Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

बंगलादेशकी प्रधानमंत्रीद्धारा आर्थिक प्याकेजको घोषणा

२०७६ चैत्र २४ गते

बैंकिङ खबर । बंगलादेशकी प्रधानमंत्रीद्धारा आर्थिक प्याकेजको घोषणा भएको छ । बंगलादेशकी प्रधानमंत्री शेख हसीनाले कोरोना भाइरसले देशको अर्थव्यवस्थामा परेको प्रतिकुल असरको सामना गर्न ७२,७५० करोड रुपैंयाको आर्थिक प्याकेजको घोषणा गरेकी छन् । उनको अनुसार “यसभन्दा पहिले निर्यात क्षेत्रका कर्मचारीहरुको तलब र भत्ता भुक्तानी गर्न पाँच हजार करोडको प्याकेज घोषणा गरीएको थियो र अहिले ६७,७५० करोडको चार नयाँ वित्तीय प्याकेज घोषणा गरीएको छ ।
हसिनाले आधिकारिक निवास गणोभवनबाट टेलिभिजनबाट प्रसारीत सम्बोधनमा अहिलेकोे प्याकेजबाट कुल सहायता ७२,७५० करोडमा पुगेको जुन जीडीपीको २.५२ प्रतिशत रहेको बताईन् । आगामी दिनमा अर्थव्यवस्था उकालो लाग्ने र अपेक्षित आर्थिक बृद्धि गर्न सकीने उनको विश्वास छ ।

Ad