Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

आरबीआईको ऐतिहासिक निर्णय, सबै प्रकारको कर्जा र ब्याजमा छुट

२०७६ चैत्र १४ गते

बैंकिङ खबर । भारतीय रिजर्व बैंक (आरबीआई) ले कोरोना भाइरस संकटको बीचमा ठूलो राहत दिएको छ । आरबीआईले कोरोना भाइरसबाट उत्पन्न संकटको समयमा सबै प्रकारका कर्जा र ब्याज माफ गर्ने घोषणा गरेको छ । आरबीआईले कर्जा दिएको सबै वित्तीय संस्थालाई सावधिक कर्जा किस्ता असुलीमा तिन महिना सम्म रोक्ने छुट दिएको हो ।

कोरोना भाइरसको सर्वसाधारणमा पर्ने आर्थिक प्रभाव कम गर्न भारत सरकारपछि केन्द्रीय बैंकले पनि राहत प्याकेजको घोषणा गरेको हो ।
भारतीय रिजर्व बैंकका अनुसार यसले कर्जादारको रेटिंगलाई कुनै असर असर गर्ने छैन । आरबीआईका गभर्नर शशिकांत दासका अनुसार बैंकहरूलाई ईएमआईमा समेत छुट दिने सल्लाह गरीएको छ, जुन पछि बैंकहरूले ग्राहकहरूको लागि छिट्टै घोषणा गर्न सक्नेछन् ।

भारतीय रिजर्भ बैंकले नीतिगत ब्याज ०.७५ प्रतिशतले घटाएको छ । र रेपो रेट ५.१५ प्रतिशतबाट घटाएर ४.४० प्रतिशतमा झारेको छ । अब यसबाट बैंकहरूले सस्तो दरमा आरबीआईबाट ऋण लिन सक्नेछन् ।

यस्तै रिभर्स रिपो रेट पनि ९०  अर्थात ०.९० प्रतिशतबाट घटाएर ४ प्रतिशतमा कायम भएको छ । रिभर्स रेपो रेट भनेको त्यो दर हो जुनमा आरबीआईले छोटो अवधिको लागि बैंकबाट ऋण लिन्छ ।

बैंक र एनबीएफसी लाई तीन महिनाको मोरोरियम दिइएको छ । यस अन्तर्गत उनीहरुलाई कर्जा र ब्याज तिर्न तीन महिना छुट दिइने छ । यसका माध्यमबाट बैंक र एनबीएफसीहरुलाई राहत दिइनेछ।

आरबीआईले नगद रिजर्व अनुपातमा (सीआरआर) १०० आधार बिन्दुलाई तीन प्रतिशतमा घटाएको छ । यो एक बर्षको अवधिको लागि गरिएको छ । यसले देशको बैंकिङ सिस्टममा करीब १.३७ लाख करोड ल्याउने छ ।

यस्तै आरबीआई गभर्नरले डिजिटल बैंकिङ र भुक्तानीलाई प्रबद्र्धन गर्न र यस कठिन समयमा सुरक्षित रहनको लागि जनताले आवश्यक पर्ने सबै उपायहरू लिनुपर्ने बताएका छन् ।

आरबीआईका अनुसार मार्जिनल स्थायी सुविधा क्याप (एमएसएफ) २ प्रतिशतबाट ३ प्रतिशतमा बढाइएको छ, नेट फंडिंग रेशियो नियम ६ महिनाको लागि स्थगित भएको छ।

आरबीआईले तरलता समायोजन सुविधा (एलएएफ) लाई ०.९० प्रतिशतबाट घटाएर ४ प्रतिशतमा ल्याएको छ । जसले सिस्टममा अधिक तरलताको बाटो खुल्ला गर्नेछ ।