Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल बैंकले २५ प्रतिशत लाभांश बाँड्ने

२०७६ मंसिर २ गते

बैंकिङ खबर । नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश बाँड्ने भएको छ । बैंकको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर सहित) गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

हाल बैंकको चुक्ता पुंजी नौ अर्ब ८१ करोड रहेको छ ।