Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर विक्री गर्दैै  

२०७३ असार १२ गते
सेयर:

1-sanima-bankसानिमा बैंकले आइतबारदेखि हकप्रद शेयर निष्कासन खुला गरेको छ । बैंकले अहिलेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गरेको हो । हाल बैंकको चुक्ता पुँजी तीन अर्ब ६ करोड दुई लाख ८८ हजार रूपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी चार अर्ब ५९ करोड रूपैयाँ भन्दा बढी पुग्नेछ । यस बैंकको हकप्रदमा सर्वसाधारणको आकर्षण रहने अनुमान गर्न सकिन्छ । बैंकको वित्तीय अवस्था र प्रगति तुलनात्मकरूपमा सन्तोषजनक देखिन्छ ।

असार १२ देखि बिक्री सुरु भएको यो हकप्रदमा साउन १६ सम्म आवेदन दिन पाइनेछ । बैंकका अनुसार प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड ५३ लाख एक हजार चार सय ४० कित्ता हकप्रद शेयर सर्वसाधारणका लागि बिक्री गरिएको हो ।