Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

ब्रोकर नम्बर ५० बाट मार्जिन कारोबार सुरु, ५० लाखसम्म ऋण पाइने

२०७६ आश्विन १५ गते

बैंकिङ खबर । ब्रोकर नम्बर ५० अर्थात् क्रिष्टल कन्चजंघा सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । असोज ६ गते बसेको बैठकबाट नै यस सम्बन्धि आन्तरिक कार्यविधि पारित गरेको कम्पनीले असोज १४ देखि सेवा सुचारु गरेको हो । यससँगै अब कम्पनीका ग्राहकले ब्रोकरबाट नै ऋण लिएर शेयर खरिद गर्न सक्ने छन् ।

कम्पनीले लगानीकर्तालाई न्युनतम ५ लाखदेखि ५० लाखसम्म ऋण दिने बताएको छ । यसको लागि लगानीकर्ताले ब्रोकर समक्ष छुट्टै निवेदन दिनुपर्छ र केवाईसी पनि भर्नुपर्छ । योग्य आवेदकलाई मार्जिन कारोबारको लागि कम्पनीले छुट्टै खाता खोलिदिन्छ । यस्तो ऋण दुई दिनभित्र उपलब्ध गराउने कम्पनीले जनाएको छ । आफुले पनि बैंकबाट ऋण लिएर लगानीकर्तालाई दिने भएकोले ब्याजदर बैंकको भन्दा तीनेदखि छ प्रतिशतसम्म बढी हुने कम्पनीले प्रष्ट पारेको छ ।