September 20th, 2019

बैंकिङ कसुरको सबैभन्दा ठूलो र डरलाग्दो कहानी

बैंकिङ खबर । इराकको राजधानी बहगदादमा रहेको केन्द्रीय बैंक भएको लुट संसारकै सबैभन्दा ठूलो बैंकिङ लुट मानिन्छ । यो सन् २००३ मा इराक युद्ध सुरु हुनुभन्दा अघिको घटना हो । यस घटनाका मास्टरमाइन्ड इराकका राष्ट्रपति सद्दाम हुसेन हुन् ।

एक दिन उनले केन्द्रीय बैंकमा ठूला ठूला तीन वटा ट्रक पठाए र आफ्नो छोरा क्वासीलाई पनि एउटा हस्तलिखित चिठी दिएर पठाए । चिठीमा शत्रुबाट बचाउनका लागि करिब एक विलियन डलर बराबरको रकम निकाल्ने कुरा उल्लेख गरिएको थियो । त्यसपछि सो रकम ट्रकमा राखेर लगि गायब गरिएको थियो ।

पछि रेड जारी गरी अधिकांश रकमको असुली गरियो । तर, कहानी यहीँ सकिएन । अवैध लुटको रकम गणना गर्ने क्रममा अमेरिकी सैनिकहरुले थुप्रै हजार डलर रकम आफू र आफ्नो परिवारका लागि हिनामिना गरि गायब गरे ।

यस घटनामा ३५ जना पक्राउ परेका थिए । ९२० मिलियन अमेरिकी डलरभन्दा बढी रकम यस बेला चोरी भएको बताइन्छ ।

यसपछि पनि थुप्रै बैंकिङ अपराधहरु, लुट डकैती भएका छन् । तर, राष्ट्रपति नै सामेल रहेको यस घटनालाई बैंकिङ कसुरको सबैभन्दा ठूलो र डरलाग्दो घटना मानिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]