Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाफियाबाटै बैंकर्सको उमेर हद तोक्ने सरकारको तयारी

२०७६ श्रावण २९ गते

बैंकिङ खबर । बैंकका प्रभुख कार्यकारी अधिकृत र संचालकको उमेर हद तोकिने भएको छ । सर्वोच्च अदालतले तत्कालका लागि उमेर हद कार्यान्वयन नगर्न निर्देशन दिएपछि राष्ट्र बैंकले वाफियामार्फत नै यो व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको हो ।

गत साता राष्ट्र बैंकले परिपत्र जारी गरी बैंकका सीईओ र संचालकको उमेर हद तोकेको थियो । उक्त निर्देशनअनुसार, प्राइम बैंकका सीईओ नारायणदास मानन्धर, नविल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेल र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले तत्काल पदमुक्त हुने अवस्था आएको थियो । राष्ट्र बैंकको यस निर्देशनविरुद्ध प्राइम बैंकका सीईओ मानन्धरले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

राष्ट्र बैंकले संचालकका लागि ७० वर्ष र प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्ष उमेर हद तोकेको थियो । यद्यपि, सर्बोच्चले अन्तरिम आदेशमा बैंक तथा वित्तीय संस्थाको सीइओ पदमा उमेर हद तोक्नु संविधान विपरित भएको तथा राष्ट्र बैंकलाई कानून बनाएर मात्र उमेर हद तोक्न सक्ने अधिकार दिएको छ । जसअनुसार, अब वाफियामा नै उमेद हदसम्बन्धी व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया)मा बैंकरको उमेर हदका साथमा शैक्षिक योग्यता समेत तोकिएको छ ।