Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तारा गाउँ रिजेन्सीको ७ लाख कित्ता साधारण शेयर आउँदै 

२०७३ असार ३ गते

nepal bankनेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको ७ लाख कित्ता साधारण शेयर लिलामका लागि फेरि नयाँ सूचना निकालेको छ । तारा गाउँ रिजेन्सी होटलको सो शेयर प्रति कित्ता दुई सय सोह्र रुपैयाँमा नघटाई लगानीकर्ताले बोलपत्र पेश गर्न सक्नेछन् । शेयर लिलामीको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ती गरेको छ । ईच्छुक आवेदकले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर खरिदको लागि बोलपत्र कबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा माथि दशले भाग जाने गरि अधिकतम सात लाख कित्ताका लागि नै आवेदन दिन सक्ने सिद्धार्थ क्यापिटलले जनाएको छ । यो शेयरमा परेको बोलपत्र असार २३ गते खोलिने छ । तारा गाँउ होटलसँग छलफल नै नगरी एक्कासी नेपाल बैंकले तारा गाँउको शेयर लिलाममा लगेको भन्दै यसअघिको प्रक्रिया रद्द गरिएको थियो ।