Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक र सर्टिफाइङ कम्पनिबिच सम्झौता

२०७३ असार २ गते

prabhuप्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनि प्रालिबिच जोखिम न्युनीकरणको सम्बन्धमा सम्झौता भएको छ । विद्युत्तीय प्रणालीमार्फत सूचना आदानप्रदान गर्दा उत्पन्न हुने जोखिमलाई न्यूनीकरण गर्ने सम्बन्धमा विहिबार सो सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट सीईओ अशोक शेरचन र कम्पनिका तर्फबाट अध्यक्ष विप्लवमान सिंहले हस्ताक्षर गरे । सूचना आदान प्रदानमा हुने जोखिम न्यूनिकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाह्य ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सबल हुने विश्वास बैंकले लिएको छ ।