July 16th, 2019

साँवा र ब्याज तिर्ने समय १५ दिन थप

अम्बु रुचाल , बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ऋणीको माग अनुसार साँवा र ब्याज तिर्ने समय अवधी थप गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको शुल्कको सम्बन्धमा राष्ट्र बैंकले एकपरिपत्र जारी गर्दै साँवा र ब्याँज तिर्ने समय १५ दिन थप गर्न निर्देशन दिएको हो ।

केहि दिन अगाडि राष्ट्र बैंकद्धारा आयोजित आगामी मौद्रिक नीतिबारे सुझाव संकलन कार्यक्रममा सहभागी व्यवसायीले बैंकहरूले सेवा र सुविधाको नाममा धेरै शुल्क लिने गरेको गुनासो गरेका थिए । व्यवसायीहरूबाट शुल्क सम्बन्धी गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैंकको सो निर्देशन अनुसार अब ऋणीहरुले अषाढ मसान्त सम्म तिरिसक्नु पर्ने ब्याजको किस्ता रकमको भुक्तानी साउन १५ गते सम्ममा तिर्दा हुनेछ । बाढी पहिरोको कारण सावाँ र ब्याजको किस्ता रकम भुक्तानीमा कठिनाई हुन सक्ने भन्दै राष्ट्र बैंकले समयावधी बढाएको उल्लेख गरेको छ । साथै त्यस भुक्तानी रकमलाई बैंकहरुले नियमकारी कोषमा जम्मा गर्नु नपर्ने व्यवस्था पनि केन्दि«य बैंकले गरेको छ ।

अब बैंक तथा वित्तीय संस्थाहरूले बनाउने कर्जा नीति निर्देशिका तथा कुनै पनि प्रकारको प्रडक्ट पेपरमा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क तथा प्रतिबद्धता शुल्क सम्बन्धी व्यवस्था स्पष्ट पार्नुपर्ने भएको छ । राष्ट्र बैंकले यस्ता शुल्क बाहेक कर्जासँग सम्बन्धित सम्पूर्ण शुल्कहरू ब्याजदरमा नै प्रतिबिम्बित गर्न पनि निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले एकै प्रकारको कर्जा प्रवाह गर्दा विभिन्न ग्राहकसँग लिने प्रशासनिक सेवा शुल्क र प्रतिबद्धता शुल्क शून्य दशमलव २५ प्रतिशत विन्दुभन्दा बढी हुन नहुने पुरानो व्यवस्थालाई पनि सोमवारको परिपत्रले ऋणीहरूको पक्षमा संशोधन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]