July 5th, 2019

सुरु भयो बिग मर्जरको ऐतिहासिक छलाङ्ग, बैंकहरुको स्तरोन्नति हुँदै

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रमा बिग मर्जरको शुरुवात भएको छ । बिग मर्जरको चर्चा मात्र चलिरहेको अवस्थामा ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरको सम्झौता गरि यसको शुरुवात गरेका हुन् । त्यस्तै, प्राइम कमर्सियल बैंकले पनि कैलाश विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता गरिसकेको छ ।

राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याइसकेका तथा वित्तीय अवस्था राम्रो भएका ग्लोबल आईएमई बैंक र जनता बैंकले मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । त्यस्तै मर्जर तथा प्राप्तीका लागि पाटर्नर बैंकको खोजीमा रहेको प्राईम बैंकले अन्ततः कैलाश विकाश बैंकसँग प्राप्तीको सम्झौता गरेको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गत असार १२ गते बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशकहरुलाई भेला नै गराएर मौद्रिक नीति भन्दा अगाडि मर्जरको लिखित प्रतिवद्धता राष्ट्र बैंकमा दिन निर्देशन दिएका थिए । तर बैंकहरु भने मौद्रिक नीतिमा मर्जरको नीति कस्तो आउला र मर्जरको प्रकृयामा जाने भनेर बसेका थिए ।

मौद्रिक नीति अषाढको अन्तिम साता सार्वजानीक गरिने जनाउ राष्ट्र बैंकले दिइसकेको छ । मौद्रिक नीतिमा मर्जरको नीति तथा त्यसका लागि सुविधाहरुको व्यवस्था उल्लेख गर्ने सजिलो होस् भनेर राष्ट्र बैंकले मौद्रिक नीति भन्दा अगाडि मर्जरको पाटर्नर खोजेर लिखित प्रतिबद्धता बुझाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले करिब ३ बर्ष अगाडी बैंक तथा वित्तीय संस्थाहरुको ४ गुणबढी पूँजीवृद्धिको नीति ल्याएर बैंकहरुको संख्या घटाउने लक्ष्य राखेको थियो । सोहि अनुसार विकास बैंक र वित्तीय संस्थाहरुको संख्यामा कमि आएतापनि वाणिज्य बैंकहरुको संख्यामा भने उल्लेख्य कमि आउन सकेन ।

अब भने सरकार तथा राष्ट्र बैंकले ठुला बैंकहरुको संख्या घटाउने नीति अवलम्वन गर्ने निश्चित गरिसकेको छ । सरकारले बजेटमा बैंक तथा वित्तीय संस्थाको मर्जरलाई निरन्तरता तथा ठुला बैंकहरुको संख्या घटाउने भनेर समेत उल्लेख गरिसकेको छ ।

सरकारको लक्ष्यलाई पुर्णता दिन मौद्रिक नीति केन्द्रिय बैंकले निमार्ण गरिरहेको छ । सोहि अनुसार गभर्नर डा. नेपालबाट मौद्रिक नीति भन्दा अगाडि मर्जरको पार्टनर खोज्न मौखिक निर्देशन दिएका हुन् । मौद्रिक नीतिअघि मर्जरको लिखित प्रतिवद्धता राष्ट्र बैंकमा बुझाउन ग्लोबल आइएमइ बैंक, प्राइम कर्मसियल बैंक, मेगा, सिभिल, सेञ्चुरी लगायतबा बैंकहरु सकेसम्म मौद्रिक नीतिअघि नै मर्जरको प्रतिवद्धता बुझाउने तयारीमा लागेका थिए ।

मर्जरको प्रतिवद्धता बुझाउन पहिले मेघा बैंक र ग्लोबल आइएमइ बैंकले छलफल अगाडि बढाएका थिए । तर वित्तीय तथा प्रविधिक कठिनाइका कारण ग्लोबल आइएमइ बैंकले जनता बैंक नेपाललाई मर्जरको पाटर्नर बनाई प्रारम्भिक सम्झौता समेत गरिसकेको छ । भने बैंकको नाम पनि ग्लोबल आइएमइ बैंक नै राख्ने सहमति भएको छ ।

नेपालको अब्वल बैंक हुदै ग्लोबल आइएमई
मर्जर पश्चात ग्लोबल आइएमइ बैंक नेपालको सबै भन्दा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुने देखिन्छ । अहिले ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंक नेपालकोे चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात ग्लोबल आइएमइ बैंक १८ अर्ब भन्दा माथि चुक्तापुँजी भएको वाणिज्य बैंक हुन्छ ।

दुबै बैंकको चैत मसान्तसम्मको वित्तीय विवरणलाई हेर्दा ग्लोबल आइएमई बैंकले १ खर्ब १६ अर्ब निक्षेप संकलन गरि १ खर्ब ३ अर्ब रुपैया भन्दा बढी कर्जा लगानी गरेको छ । भने जनता बैंकले चैत मसान्त सम्म ७० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरि ६४ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ ।

मर्जर पश्चात ग्लोबल बैंकको निक्षेप १ खर्ब ८७ अर्ब भन्दा बढी निक्षेप र १ खर्ब ९ अब ग्लोबल बैंक अन्य बैंकहरुको तुलनामा अब्वल हुनेछ ।
प्राइम बैंक र कैलाश विकास बैंक

अहिले प्राइमको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने कैशाल विकास बैंकको चुक्तापुँजी २ अर्ब ३६ करोड रहेको छ । पाइमले कैलाशको चुत्तापूँजी आफुमा मिसाउदाँ १० अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी भएको वाणिज्य बैंक हुन जान्छ ।

यसैगरि कैशालको शेयर आदानप्रादन अनुपात मिलाएपछि १५ करोड १२ लाख रुपैयाँ जगेडा कोषमा जान योग्य हुनेछ । अहिले कैशालसँग १ अर्ब ५ करोड रुपैयाँ जगेडा कोष छ । प्राइमको २ अर्ब ३३ करोडको कोष छ । यो सबै गरेर जगेडा कोष ३ अर्ब ५४ करोड रुपैयाँको हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]