July 1st, 2019

वित्तीय साक्षरतासम्बन्धी बृहत् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै धितोपत्र बोर्ड

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले असार १७ र १८ गते बृहत् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले ओइसिडी (द अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एन्ड डेभलपमेन्ट) अन्तर्गतको आइएनएफ (इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेसन) को सहकार्यमा सम्मेलन गर्न लागेको बोर्डले जनाएको छ ।

’ओइसिडि सेबोन इन्टरनेशनल कनफ्रेन्स एन्ड राउण्डटेबल अन फाइनान्सियल कन्जुमर प्रोटेक्सन एन्ड एजुकेसन इन एसिया प्यासिफिक’ नामक सम्मेलनमा वित्तीय क्षेत्र तथा वित्तीय साक्षरतामा विज्ञता हासिल गरेका एक सय २५ स्वदेशी तथा विदेशीहरुले सम्मेलनमा सहभागिता रहने बोर्डका उपकार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले जनकाररि दिए ।

सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, काजाकिस्तान, सिङ्गापुर, थाइल्याण्ड, भुटान, चिन र भारत लगायतका देशको सहभागिता रहने छ । साथमा ओइसिडी, सेवी, एसआइसी लगायतका अन्तर्र्रािष्ट्रय संस्थाहरूको समेत सहभागिता रहने छ । त्यस्तै, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैक, बिमा समिति, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बजार, बैकर्स एशोसिएसन र लगानीकर्ता संघहरुले पनि सम्मेलनमा सहभागीता जनाउनेछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्रहरू सहितको राउन्ड टेबलसमेत गरेर दुई चरणमा हुने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]