बैंकिङ खबर । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले श्रेष्ठलाई असार २ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
श्रेष्ठले तत्कालिन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा ईस्वी सम्बत १९८९ बाट सेवा सुरु गरेका थिए । त्यहाँ करिब १३ बर्ष काम गरेपछि उनले एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हालेका थिए भने तत्कालिन एन.आई.सी. बैंक लिमिटेड (हालको एन.आई.सी. एशिया बैंक लि.) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेका थिए । त्यष्स्तै, उनले ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी समेत सम्हालेका छन् ।


