
बैंकिङ खबर । प्राइम कमर्सियल बैंकले विभिन्न आधादर्जन वित्तीय संस्थालाई गाभ्ने संकेत देखाएको छ । उसले दुईवटा राष्ट्रिय स्तरका विकास बैंक तथा केही फाइनान्स कम्पनीहरुसँग मर्जरको बारे छलफल अघि बढाएको हो । यसअघि ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टुटेपछि अरु बैंक र वित्तीय संस्थासँग उसले छलफल तिब्र पारेको हो । ती मध्ये तीनवटा वित्तीय संस्थालाई गाभ्ने विषयमा करिव सहमति नजिक पुगेको बताइएको छ । ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टुटेपछि उसले अरु वित्तीय संस्थालाई गाभ्ने बारे तिब्र छलफल गरेको हो । जसमध्ये एउटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीसँग करिव मर्जर सहमति नजिक पुगेको बताएको छ । उसले कन्काइ विकास बैंक, रिलायन्स फाइनान्स कम्पनी र ललितपुर फाइनान्सलाई गाभ्ने विषयमा सहमति नजिक पुगेको बताएको छ । त्यसैगरी उसले ज्योति विकास बैंक, कैलाश विकास बैंक लगायतका अरु विकास बैंक तथा फाइनान्स कम्पनीसँग पनि छलफल अघि बढाएको छ । यस बैंकलाई तत्काल मर्जरमा जान राष्ट्र बैंकले दवाव दिएको छ । यस बैंकलाई ओम डेभलपमेन्ट बैंकसँगको मर्जर टुटेपछि सेयर र शाखा विस्तार कार्यमा रोक लगाइएको छ ।