Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सार्वजनिक खरिद नियमावली संशोधन : विकास बैंक र फाइनान्सलाई पनि वाणिज्य बैंक सरह मान्यता

२०७६ जेष्ठ ९ गते

बैंकिङ खबर / अब विकास बैंक र फाइनान्सले पनि बाणिज्य बैंक सरह सबै प्रकारका वस्तु तथा सेवाको बोलपत्र जमानत जारी गर्न पाउने भएका छन् । सरकारले सार्वजनिक खरिद नियमावलीमा संशोधन गरी बाणिज्य बैंकलाई मात्रै दिने भनिएको शव्दमा परिवर्तन गरी बाणिज्य बैंक तथा वित्तीय संस्था भनि उल्लेख गरिएको छ । नियमावलीको दफा ५३, १० मा सार्वजनिक खरिदमा पेस गरिने बोलपत्रमा वाणिज्य बैंकले जारी गरेको बैंक जमानत राख्नुपर्ने व्यवस्था रहेकोमा संशोधन गरिएको हो । यससँगै यो विषयमा विकास बैंक र फाइनान्स कम्पनीलाई बाणिज्य बैंक सरह मान्यता दिइएको छ ।

Ad