Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्रिय स्तरका विकास बैंकको संख्या यथावत : ओम गाभिने, शाइन रेसुंगा थपिने

२०७६ जेष्ठ ८ गते

बैंकिङ खबर । राष्ट्रिय स्तरका विकास बैंकको संख्या यथावत रहने भएको छ । ओम गाभिएपछि संख्या घट्न लागेकोमा अब शाइन रेसुंगा थपिने भएको छ । प्राइम कमर्सियल बैंकसँगको मर्जर तोडिएपछि ओम डेभलपमेन्ट बैंक अब एनएमबि बैंकसँग गाभिने तरखरमा छ । त्यस्तै, क्षेत्रीय स्तरको शाइन रेसुंगा डेभलपमेन्ट बैंक पूर्णिमा र भार्गव विकास बैंकलाई गाभेर राष्ट्रिय स्तरको बन्न लागेको छ ।

अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

२०७५ चैत्र मसान्तको विवरण अनुसार, शाइन रेसुंगा डेभलपमेण्ट बैंकको चुक्तापुँजी एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ भने भार्गव विकास बैंकको चुक्तापुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, पूर्णिमा विकास बैंकको। चुक्तापुँजी ५५ करोड १२ लाख रुपैयाँ रहेको छ । दुवै बैंकलाई प्राप्ति गरेपश्चात् शाइन रेसुंगाको चुक्तापुँजी दुई अर्ब ६७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

यससँगै तत्कालका लागि राष्ट्रिय स्तरका विकास बैंकको संख्या ११ नै कायम रहने भएको छ । यद्यपि, अन्य क्षेत्रीय स्तरका बैंकहरु पनि मर्जरमा गई राष्ट्रिय स्तरको बन्ने सम्भावना पनि उत्तिकै प्रवल छ ।

Ad