बैंकिङ खबर । नागबेली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड १२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ५२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा लघुवित्तले १ करोड ८३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले खुद ब्याज आम्दानी ५५ दशमलव १९ प्रतिशतले वृद्धि गरेर ५ करोड ९५ लाख १७ हजार रुपैयाँ ुर्याएको छ । गत वर्ष यस लघुवित्तले ३ करोड ८३ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तले ११८ दशमलव ७७ प्रतिशतले चुक्त पुँजी वृद्धि गरी १६ करोड ७६ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा १० करोड ८४ लाख ४७ हजार रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भमा ६ करोड ४५ लाख ९२ हजार रुपैयाँ मात्र रहेको थियो । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ३९ रुपैयाँ ३३ पैसा रहेको छ ।