बैंकिङ खबर । शेयर बजारमा लगानीकर्ताले बाणिज्य बैंकहरुको शेयरको खरिदचाप बढाएका छन् । नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक, एनआइसि एशिया, स्टाण्डर्ड चार्टड बैंक र एनएमबी लगायतका बैंकको शेयर कारोबातर बढी देखिएको छ । सोमबार लगातार बढीरहेको बजारमा करेक्सन देखियो । तरपनि लगानीकर्ताले बाणिज्य बैंकहरुको शेयर कारोबार बढाउँदा कारोबातर रकम १ अर्ब भन्दा माथि नै देखिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुले उच्च नाफा सहितको वित्तीय विवरण प्रकाशित गर्ने हल्ला बढेका कारण पनि लगानीकर्ताले कारोबार बढाएको देखिन्छ । यसले गर्दा बैंकिङ समुहामा मात्रै झण्डै १४ अंकको वृद्धि भएको छ । त्यस्तै विकास बैंक समुहमा पनि उच्च वृद्धि भएको छ । तर सोमबार अन्तिम समयमा अल्पकालिन लगानीकर्ताले विक्रीचाप बढाउँदा परिसूचक भने घटेको छ । तरपनि लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमै देखिएको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा कर्जाको ब्याजदर बढी भएपनि बैंकले दिने निक्षेपको ब्याजदर न्यून हुँदा कतिपय लगानीकर्ताले बैंकमा रहेको निक्षेप परिपक्व भएपछि बजारमा लगानी बढाएको देखिन्छ । त्यसैले शेयर बजारमा राम्रा कम्पनीको शेयर कारोबार बढ्ने क्रममा बाणिज्य बैंकहरु परेको एक लगानीकर्ताले बताए ।
‘]
विज्ञहरुका अनुसार भने बजारलाई ब्याजदरले प्रतक्ष प्रभाव पारेको बताउँछन् । कुनै पनि निक्षेपमा पाउने प्रतिफल भन्दा अब केही बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल उच्च हुने आकलन लगानीकर्ताले गरेका छन् । जसका कारण परिसूचक घटेपनि लगानीकर्ताले बैंकको शेयरमा कारोबार बढाएका हुन् ।
यसबीच बजार पूँजीकरण पनि १ झण्डै १ खर्बले बढेर १५ खर्ब ५६ अर्ब ६७ करोड पुगेको छ ।