Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एसीयू सञ्चालकहरुको बैठकलाई सम्बोधन गरेर फर्किए डा. नेपाल

२०७३ जेष्ठ २७ गते

acuनेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल म्यानमारको केन्द्रिय बैँक नाई पेई ताउद्धारा आयोजित एसीयूका सञ्चालकहरुको ४५ औँ वैठकमा भाग लिएर मंगलबार स्वदेश फर्केका छन् । जेठ २१ गतेदेखि सुरु भएको बैठक जेठ २३ गते सकिएको थियो । डा. नेपालले बैठकको सम्बोधन गर्दै विश्वको वित्तीय स्थिती र नेपालको वित्तीय स्थितको बारेमा जानकारी गराए । उनले भुकम्पले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र पिडितको उद्धार तथा पुनर्निमाणको प्रयासहरुका बारेमा पनि बैठकमा जानकारी गराए । वित्तीय स्थिरता र समावेशिताको क्षेत्रमा नेपाल राष्ट्र बैंकले चालेका कदमहरुका बारेमा उनले बताए । कार्यक्रममा डा. नेपालले एसीयुका सदस्य राष्ट्रहरुले वर्तमान भुक्तानी प्रणालीलाई अझ प्रचावकारी बनाउनका लागि कदम चाल्नुपर्ने आवश्यता औँल्याए । साथै, व्यापारीक सहजताका लागि सदस्य राष्ट्रहरुबिचमा आर्थिक तथा प्राविधिक सहयोग र समन्वयलाई अझ सुदृढ पार्दै लैजानुपर्ने समेत उल्लेख गरे ।