Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

फागुनसम्म कुन बैंकको निक्षेप कति ? कल डिपोजिटमा प्राइम र मुद्दतीमा सिटिजन अगाडी

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा बैंकहरुले कुल ३१ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्र २६ खर्ब ९० अर्ब २६ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् । वाणिज्य बैंकहरुले संकलन गरेको निक्षेपमा सबैभन्दा धरै ४६ दशमलव ७२ प्रतिशत मुद्धति निक्षेपको रुपमा प्राप्त गरेका छन् भने सबैभन्दा थोरै १ दशमलव २४ प्रतिशत निक्षेप अन्य स्रोतबाट प्राप्त गरेका छन् र त्यस्तै बचत खाता अन्र्तगतको निक्षेप ३२ दशमलव शुन्य ३ प्रतिशत रहेको छ । कल डिपोजिटबाट बैंकहरुले १० दशमलव ८३ प्रतिशत रकम संकलन गरेका छन् भने चल्ती खाताबाट ९ दशमलव १८ प्रतिशत निक्षेप प्राप्त गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट बैंकहरुको कल डिपोजिटको सिमा १० प्रतिशत कायम गर्ने बताएको थियो । तर उक्त व्यवस्था कार्यन्वयनको लागि भने कुनै निर्देशन जारी गरेको छैन । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सबैभन्दा धेरै कल डिपोजिट प्राइम कर्मसियल बैंकको रहेको छ भने सबैभन्दा कम कृषि विकास बैंकको रहेको छ । हेर्नुहोस् कुन बैंकको कल डिपोजिट कति :


यस्तै वाणिज्य बैंकको निक्षेप संकलनको प्रमुख क्षेत्र मुद्धति निक्षेप तर्फ भने सिटिजन्स बैंकको सबैभन्दा धरै रहेको छ । बैंकको मुद्धति निक्षेप ६५ दशमलव ९९ प्रतिशत रहँदा सबैभन्दा कम मुद्धति निक्षेप राष्ट्रिय वाािण्ज्य बैंकको रहेको छ । हेर्नुहोस् कुन बैंकको मुद्धति निक्षेप कति :


कुल निक्षेपको तुलनामा बचत खातामा रहेको निक्षेप तर्फ अग्रस्थानमा राष्ट्रिय वाािण्ज्य बैंक रहेको छ । भने सबैभन्दा कम प्राइम कमर्सियल बैंकको रहेको छ । हेरौ कुन बैंकको कति :


कुल निक्षेपको तुलनामा चल्ती खातामा रहेको निक्षेप पनि राष्ट्रिय वाािण्ज्य बैंकसँग नै सबैभन्दा धेरै रहेको छ भने सबैभन्दा कम माछापुच्छ्रे बैंकसँग रहेको छ । तालिकामा कुन बैंकको कति :

अन्य निक्षेप कुन बैंकको कति प्रतिशत तालिका सहित :

(स्रोत – नेपाल राष्ट्र बैंक)