बैं
किङ खबर । सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलन २०१९ सुरु भएको छ । नेपालमा विदेशी लगानी भित्राउने उद्देश्यले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । काठमाडौंमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाट गरेका हुन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री आलीले नेपालमा पर्यटन, उजार्, जलस्रोत, कृषि, पुर्वाधार लगायतका असीमित लगानीको सम्भावना रहेको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी लगानीकर्ता लगायत सहभागीहरुलाई स्वागत गरेका छन् ।
अर्थमन्त्री खतिवडाले स्वागत मन्तब्य राख्दै सम्मेलन लगानी तथा आपसी अनुभव आदान प्रदानका लागि महत्वपूर्ण हुने बताए । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाट मात्रै ६ सय भन्दा बढी विशेशी लगानीकर्ताको सम्मेलनमा सहभागीता रहेको छ । सम्मेलनमा सरकार तथा निजी क्षेत्रको गरी ७७ वटा परियोजनाको प्रस्ताव पेश हुने छ । जसमध्ये निजी क्षेत्रको तर्फबाट २७ र सरकारले तयार पारेको ५० परियोजना रहेको छ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा उक्त परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने लगानी बोर्डले जनाएको छ ।