बैंकिङ खबर । चीनको बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) योजनामा चाइना डेभलपमेन्ट बैंक (सीडीबी) ले १ खर्ब ९० अर्ब डलर लगानी गर्ने भएको छ । सीडीबीले उक्त योजना अन्तर्गत पर्ने ६ सय भन्दा बढी आयोजनाका लागि उक्त रकम प्रदान गरेको हो ।
सन् २०१३ देखि सुरु भएको उक्त योजनाका लागि बुधबार पोआओ फोरममा सीडीबीका उपाध्यक्ष चङ चिज्जेले उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
चीनले बेल्ट एण्ड रोड इनिशिएटिभ योजनालाई आफ्नो विदेश नीतिको सबैभन्दा महत्वपूर्ण योजना मानेको छ । एजेन्सी



