Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

समृद्धिको बहसका लागि रेडियो भ्वाइस अफ नेपालको शुभारम्भ 

२०७५ फाल्गुन २१ गते

बैंकिङ खबर। रेडियो भ्वाइस अफ नेपालको औपचारीक शुभारम्भ भएको छ । मंगलबार राजधानीमा आयोजित एक समारोहकाबीच नेपल सरकारका पराराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रेडियोको औपचारीक रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवलीले सञ्चार माध्ममा राजनीतिक मुद्धाहरु मात्र उठीरहेको अवस्थामा अर्थतन्त्रका विषयलाई उठान गर्ने उद्देश्यले रेडियो भ्वाईस अफ नेपालको शुभारम्भ भएकोमा खुशि ब्यक्त गरे । उनले भने नेपालमा राजनीतिक विषयलाई समाचार बनाउने र प्रसारण गर्ने सञ्चार माध्यम धरै छन् । तर रेडियो भ्वाइस अफ नेपाल अर्थत्रन्त्रका विषय तथा सफलताको एजेन्डालई उठान गर्ने उद्देश्य लिएर अगाडी बढेकोले अर्थतन्त्रका मुद्धाहरुलाई गाउँ गाउँ सम्म पुर्याउनको लागि सफलताको शुभकामना दिए ।

यस्तै कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय सुचना आयोगका प्रमुख आयूक्त कृष्णहरि बास्कोटाले नेपालमा अर्थत्रन्त्रका सम्भावनाहरु धरै रहेको तर त्यसको पहिचान गरि प्रशोधन तथा सम्बन्धित बजार के हो र त्यसलाई बजारीकरण गर्ने ज्ञानको अभाव रहेको बताए

।नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक नरबहादुर थापाले आर्थिक विकासका सम्भावनाहरु र अन्य मुलुकले आर्थिक विकासको लागि प्रयोग गरेको प्राक्टिस र सम्भावनाहरु तथा नेपालको आर्थिक विकासको सम्भाव्य क्षेत्रको वारेमा बहस गर्नुको साथै रेडियोको माध्यमबाट वित्तीय चेतानको आवाजलाई देशब्यापी बनाउने विश्वास ब्यक्त गरे ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले नेपालमा आर्थिक तथा बैंकिङ क्षेत्रको विषयका मुद्धाहरुलाई उठाउने समाचार माध्यम बढ्दै गएको र यसले आर्थिक विकासमा पनि सहयोग पुर्याइरहेको उल्लेख गरे । उनले कतिपय सञ्चार माध्यमले बैंकिङ क्षेत्रमा सानो समस्या आउँदा वास्तविकता नबुझी  त्यसलाई ठुलो मुद्धा बनाउने र बैंक नै डुब्न लाग्यो भन्ने खालको समाचार प्रकाशन गर्दा सर्बसाधारणमा नकारात्मक सन्देश गएको बताए ।

नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले रेडियोलाई सफलताको शुभकामना दिँदै रेडियो भ्वाइस अफ नेपाललले अर्थतन्त्रका मुद्धाहरुलाई रेडियो नेटवर्कको माध्यमबाट गाउँगाउँ सम्म पुर्याउनेमा विश्वस्त रहेको बताए ।

प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचनले ग्रामिण क्षेत्रका मानिसहरुलाई आर्थिक विषयका ज्ञानको अभाव रहेको अवस्थामा रेडियोको स्थापना भएको भन्दै रेडियो भ्वाइस अफ नेपालको माध्यमबाट अब ग्रामीण भेगका नागरिकले पनि आर्थिक सुचनाहरु थाहा पाउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै रेडियोका संचालक तथा कार्यकारी निर्देशक माधव निर्दोशले देशमा धरै पटक राजनीतिक क्रान्ति तथा परिवर्तनहरु भएको तर राजनीतिक परिवर्तन सँगै आर्थिक विकासका मुद्धाहरुले स्थान पाउनुको साटो फेरि पनि राजीतिको मुद्धाहरुमा नै अल्झिरहेको बताए । निर्दोषले पछिल्लो समय स्थायी सरकार आएसँगै आर्थत्रन्त्रका मुद्धाहरुले स्थान पाउने विश्वास व्यक्त गरे । उनले सरकारले दिगो आर्थिक वृद्धिको लक्ष लिएको अवस्थामा आर्थिक सम्मृद्धिका मुद्धाहरुलाई बहसको माध्यमबाट उठाउने उदेश्य रेडियोले लिएको बताए ।

रेडियो भ्वाइस अफ नेपालका अध्यक्ष कुसुम लामाले कार्यक्रमको समापन गर्दै रेडियाको माध्यमबाट गाउँगाउँ सम्म आर्थिक बहस र वित्तीय चेतानाका आवाज बुलन्द हुने बताईन् । उनले छोटो सुचनमा नै कार्यक्रममा सहभागिता भएको भन्दै सहभागि सबैलाई धन्यवाद ब्यक्त गरिन् ।

Ad