बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यको हुने ब्यवस्था छ । सञ्चालक समितिको अध्यक्ष गभर्नर हुन्छन् भने अर्थसचिव, दुई जना डेपुटि गर्भनर र तिन जना अन्य सदस्य रहने ब्यवस्था छ । यस मध्ये पनि दुई जना डेपुटि गर्भनरहरुको जिम्मेवारी के हुन्छ भन्ने कुरा सबैलाई जानकारी नहुन सक्छ । केन्द्रिय बैंकमा किन दुई जना डेपुटि गभर्नर आवाश्यक परेको हो एक जना मात्र भए पनि हुँदैन भन्ने पनि लाग्न सक्छ । नेपाल राष्ट्र बैंकले दुबै जना डेपुटि गभर्नहरुलाई समुह विभाजन गरी फरक फरक जिम्मेवारी दिएको हुन्छ ।
नेपाल राष्ट्र बैंकको ब्यवस्थापन समुहमा सबैभन्दा माथि गर्भनर हुन्छन् । त्यसपछि डेपुटि गर्भनर हुन्छन् । डेपुटि गर्भनरले नेतृत्व गर्ने विभिन्न समुहको नेतृत्व कर्ता भने कार्यकारी निर्देशक हुन्छन् । राष्ट्र बैंकमा भएका विभागको नेतृत्व गर्नको लागी १७ जना कार्यकारी निर्देशक रहने व्यवस्था रहेको छ ।
दुई जना डेपुटि गभर्नर मध्ये चिन्तामणि सिवाकोटिले मौद्रिक तथा विदेशि विनिमय नीति समुह, बैंकिङ ब्यवस्थापन समुह, नियमन तथा सुपरीबेक्षण समुह र सहायक सेवा समुहको नेतृत्व गर्दछन् । अर्का डेपुटि गभर्नर शिवराज श्रेष्ठले नियमन तथा सुपरीवेक्षण समुह, सहायक सेवा समुह, मौद्रिक तथा विदेशी विनिमय नीति समुह र बैंकिङ व्यवस्थापन समुहको नेतृत्व गर्दछन् ।
चिन्तामणि सिवाकोटिले नेतृत्व गर्ने मौद्रिक तथा विदेशी विनिमय नीति समुहमा विदेशी विनिमय व्यवस्थापन विभाग र राष्ट्र ऋण व्यवस्थापन विभाग पर्दछ । बैंकिङ ब्यवस्थापन समुहमा बैकिङ कार्यलय, भुक्तानी प्रणाली विभाग र मुद्रा व्यवस्थापन विभाग पर्दछन् । भने नियमन तथा सुपरीवेक्षण समुहको माताहतमा बैंक तथा वित्तीय संस्था नियमन विभाग पर्दछ । अर्काे समुह सहायक सेवा समुहमा जनशक्ति व्यवस्थापन विभाग र सामान्य सेवा विभाग पर्दछन् ।
शिवराज श्रेष्ठले नेतृत्व गर्ने समुहहरु क्रमशः नियमन तथा सुपरीवेक्षण समुहमा बैंक सुपरीवेक्षण विभाग, विकास बैंक सुपरीवेक्षण विभाग, वित्त कम्पनी सुपरीवेक्षण विभाग र लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभाग रहेका छन् । सहायक सेवा समुहमा संस्थागत योजना विभाग, सुचना प्रविधि विभाग र वित्त व्यवस्थापन विभाग पर्दछन् । मौद्रिक तथा विदेशी विनिमय नीति समुहमा अनुसन्धान विभाग पर्दछ । बैंकिङ व्यवस्थापन समुहमा नेपाल राष्ट्र बैंकको उपत्यका बाहिर रहेका क्षेत्रीय कार्यलयहरु विराटनगर, विरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र पोखरामा रहको कार्यलयहरु पर्दछन् ।