Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले गर्छन १३ शिर्षकमा कर्जा लगानी, कृषिमा १ खर्ब ८० अर्ब

२०७५ फाल्गुन ५ गते


बैंकिङ खबर। सञ्चालनमा रहेका ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंकहरुले चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा २७ खर्ब ३७ अर्ब ६३ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा ५ खर्ब २८ अर्ब ७८ करोड ५ लाख रुपैयाँ अर्थात २३ दशमलव ९ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकहरुले गत आर्थिक बर्षको पुष मसान्त सम्ममा २२ खर्ब ८ अर्ब  ८५ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।

बैंकहरुले विषेश गरेर १३ वटा शिर्षकमा लगानी गर्ने गरेको देखिन्छ । जसमध्ये चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा सबैभन्दा धेरै थोक तथा खुद्रा ब्यापारमा ५ खर्ब ९४ अर्ब ३० करोड ६ लाख रुपैयाँ लगानी गरेका छन् । भने सबैभन्दा थोरै मुलुक संघीय संरचनामा गएसँगै सुरु भएको स्थानीय सरकारहरुलाई २ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।

कुन क्षेत्रमा बैंकहरुको लगानी कति प्रतिशतले वृद्धि 
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकहरुले कर्जा विस्तार गर्दा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । बैंकहरुले गत आर्थिक बर्षको पुष मसान्तमको तुलनामा चालु आर्थिक बर्षको पुष मसान्तमा अर्थात एक बर्षको अवधिमा कृषि क्षेत्रमा प्रवाह गरेको कर्जालाई ५३ दशमलव ५ प्रतिशतले बढाएका देखिन्छ । 

त्यस्तै खानी उत्खनन् क्षेत्रमा २७ दशमलव ५ प्रतिशत, उत्पादनमुलक क्षेत्रमा २८ दशमलव २ प्रतिशत, निमार्ण क्षेत्रमा २१ दशमलव ९ प्रतिशत, खनिज उत्पादन, मेसिनरी र विद्युतिय सामाग्रीको क्षेत्रमा ३५ दशमलव ७ प्रतिशत, यातायत क्षेत्रमा ११ दशमलव ५ प्रतिशत, ढुवानी, संचार र सामाजीक क्षेत्रामा ३० दशमलव २ प्रतिशत, थोक तथा खुद्रा ब्यापारको क्षेत्रमा २१ दशमलव २ प्रतिशत, वित्त तथा बीमा र स्थिर सम्पतिमा ४१ दशमलव ९ प्रतिशत, सेवा क्षेत्रमा २९ दशमलव ३ प्रतिशत, उपभोग्य बस्तुहरुको क्षेत्रमा २.८ प्रतिशत, स्थानीय सरकारहरुलालाई दिने कर्जा ५८ दशमलव २ प्रतिशत र अन्य क्षेत्रमा लगानी गरेको कर्जा ७.६ छ प्रतिशतले वृद्धि गरेका छन् । 

Ad