Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकले जारी गरेको वर्तमान वित्तीय अवस्था(हेर्नुहोस पुर्णपाठ) 

२०७५ फाल्गुन १ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन प्रकाशित गरेको छ । राष्ट्र बैंकले प्रतिवेदनमा मुलुकको शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेकोे उल्लेख गरेको छ । त्यस्तै मुलुकको आयातको वृद्धिदर ३०.५ प्रतिशत र निर्यातको वृद्धिदर १०.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रतिवेदनमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३.२ प्रतिशत र अमेरिकी डलरमा ७.६ प्रतिशतले बढ्नुको साथै बैंकिङ कारोबारमा आधारित सरकारी खर्च ७ प्रतिशतले घटेको छ र राजस्व संकलन भने २४.२ प्रतिशतले बढेकोे बताएको छ ।

प्रतिवेदन अनुसार विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १९.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहको निक्षेप संकलन ७.७ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर २०.२ प्रतिशत र कर्जाको वृद्धिदर २३.४ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६ प्रतिशत रहेका छ । 

प्रतिवेदनको पुर्ण जानकारीको लागि यहाँ किल्क गर्नुहोस् 

Ad