Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लगानीयोग्य पूँजी अभावकाबीच बैंकहरु नाफा बढाउन सफल

२०७५ माघ २२ गते

बैंकिङ खबर। हालसम्म १८ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १७ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । उक्त अवधिमा बैंकहरुको १७ खर्ब ८८ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरी १६ खर्ब ७ अब ८६ करोड ४८ लाख रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् । १८ वटा बैंकहरु मध्ये सबैैभन्दा धेरै मुनाफा नविल बैंकले कमाएको छ भने सबैभन्दा कम मुनाफा कुमारी बैंकले कमाएको छ । 

७ बैंकको नाफा एक अर्ब माथि
दोस्रो त्रैमाशिक विवरण प्रकाशित गरेका १८ बैंकमध्ये ७ वटा बैंकले दास्रो त्रैमासमा एक अर्ब भन्दा बढी नाफा कमाउन सफल भएका छन् । अर्बमाथि नाफा कमाउने बैंकमा २ अर्ब ४ करोड ५० लाख रुपैयाँ कमाएर नविल बैंक पहिलो नम्बरमा रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७२ करोड ६५ लाख नाफा कमाउँदै दास्रो स्थानमा छ भने एनआईसी एशिया बैंकले १ अर्ब २६ करोड २ लाख रुपैयाँ नाफा कमाएर तेस्रो बढी नाफा कमाउने बैंक बनेको छ । एक अर्ब भन्दा बढी नाफा कमाउने अन्य बैंकहरुमा हिमालयन बैंकले १ अर्ब १६ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब १२ करोड, प्रभु बैंकले १ अर्ब ८ करोड र एभरेष्ट बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब भन्दा बढी कमाएको एनएमबि बैंकले भने यस वर्ष एक अर्ब भन्दा कम कमाएको छ । नेपाल एसविआई बैंक सानिमा बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकले एक अर्ब भन्दा कम कमाएका छन् । 


चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएदेखि वित्तीय प्रणालीमा नगद प्रवाह कम हुँदा बैंकहरुको नाफा घटने आकलन गरिएको थियो । तर बैंकहरुले कर्जा प्रवाहमा गरेको बृद्धिले गर्दा अधिकांश बैंकहरु सिसिडी व्यवस्थापनमा कमजोर देखिएपनि नाफामा भने बृद्धि भएको छ । 
 

Ad